‘नम्बरी सुन’ को ट्रेलरः अन्तरजातीय प्रेम र सामाजिक द्वन्द्व

हिमाल प्रेस १० साउन २०८१ १६:३१
28
SHARES
‘नम्बरी सुन’ को ट्रेलरः अन्तरजातीय प्रेम र सामाजिक द्वन्द्व

काठमाडौँ- साउन २५ देखि प्रदर्शन हुने फिल्म ‘नम्बरी सुन’ को ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट ५८ सेकेन्टको सार्वजनिक ट्रेलरमा अन्तरजातीय प्रेमले परिवार र समाजबीच हुने द्वन्द्वका साथै  मुखियाकाे हुकुम र शासनलाई देखाइएकाे छ।

फिल्मको मुख्य भूमिकामा गौरव पहाडी र नम्रता केसी छन्। भने अन्य कलाकार विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ।

शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको फिल्मका निर्देशक राजु गिरी हुन्।

फिल्मको प्रस्तुतकर्तामा नारायण खाती छन्। फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन छ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: १० साउन २०८१ १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 20 =