महिला एसिया कप : भारतसँग समूह चरणको अन्तिम खेल खेल्दै नेपाल

हिमाल प्रेस ८ साउन २०८१ ७:१४
10
SHARES
महिला एसिया कप : भारतसँग समूह चरणको अन्तिम खेल खेल्दै नेपाल नेपाली महिला टिम। तस्बिर :क्यान

काठमाडौँ- एसीसी महिला एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार नेपालले भारतसँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ।

पछिल्लो खेलमा पाकिस्तानविरुद्ध ९ विकेटको हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि यो खेल जित्नु पर्ने दबाब छ। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेट पराजित गरेको थियो। भारत २ खेलमा जित निकाल्दै समूहको शीर्ष स्थानमा, पाकिस्तान एक जितसहित दोस्रो स्थानमा र नेपाल समान एक जितसहित तेस्रो स्थानमा छ।

दुई खेल हारेको यूएई अंक तालिकाको पुछारमा छ। मंगलबार नै समूह ‘ए’ मा पाकिस्तान र यूएईबीच प्रतिस्पर्धा हुनेछ।

 

प्रकाशित: ८ साउन २०८१ ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast