न्युरोड क्षेत्रमा तत्कालका लागि रोकियो फुटपाथ विस्तार

हिमाल प्रेस ७ साउन २०८१ १९:०१
न्युरोड क्षेत्रमा तत्कालका लागि रोकियो फुटपाथ विस्तार

काठमाडौं- काठमाडौंको न्युरोड क्षेत्रमा तत्काल फुटपाथ विस्तार नहुने भएको छ।

अध्ययन कार्यदलको प्रतिवेदन नआएसम्म न्युरोड क्षेत्रमा फुटपाथ विस्तार कार्य रोकिएको हो।

फुटपाथ विस्तार गर्ने विषयमा अध्ययन गर्न सोमबार कार्यदल गठन गर्ने सहमति भएको हो।

महानगरका प्रमुख, उपप्रमुख तथा २२, २३ र २४ नम्बरका वडाध्यक्षलगायतबीच भएको छलफलमा फुटपाथ विस्तारका विषयमा अध्ययन गर्न कार्यदल बनाउने सहमति बनेको हो।

छलफलमा कार्यदलले मंसिर १ गतेसम्म अध्ययन गर्ने र २ गते प्रतिवेदन पेस गर्ने सहमति भएको बताइएको छ।

९ सदस्यीय कार्यदलले अध्ययन गरेर महानगरका प्रमुखलाई बुझाउने प्रतिवेदनका आधारमा फुटपाथ विस्तारसम्बन्धमा थप निर्णय हुने सहमति भएको छ।

यद्यपि वडा नम्बर २४ मा अहिले भइरहेको फुटपाथ विस्तारको काम भने नरोकिने भएको छ।

फुटपाथ विस्तार गर्ने क्रममा महानगर र स्थानीयवासीबीच विवाद भएको थियो।

 

 

प्रकाशित: ७ साउन २०८१ १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twenty =