लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यको दाबी पेस

हिमाल प्रेस ७ साउन २०८१ १६:२१
34
SHARES
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यको दाबी पेस प्रदेश प्रमुख अमिक शेरचन समक्ष सोमबार मुख्यमन्त्रीमा दाबी पेस गर्दै एमाले नेता चेतनारायण आचार्य (बीचमा)। तस्बिर : हिमालप्रेस

लुम्बिनी– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेस गरेका छन्। नेपाली कांग्रेसको समर्थनमा ५६ सांसदको हस्ताक्षरसहित आचार्यले सोमबार दिउँसो प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन्।

यसअघि मुख्यमन्त्रीको तयारीमा जुटेका संसदीय दलका नेता लीला गिरी भने पछि हटेका छन्। दाबी पेस गर्न पनि गिरी उपस्थिति भएनन्। पार्टी केन्द्रको निर्देशनअनुसार आचार्य मुख्यमन्त्री बन्न लागेका छन्। तीन पटक मन्त्री बनेका आचार्य यसपटक संसदीय दलका नेतासमेत रहेका गिरीलाई उछिनेर मुख्यमन्त्री बन्न लागेका हुन्।

अर्घाखाँची निर्वाचत क्षेत्र १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए। गिरी नेतृत्वको सरकारमा उनी ग्रामीण खानेपानी तथा सहरी विकासमन्त्री थिए।

माओवादी नेता जोखबहादुर महराको नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री रहेका आचार्य प्रदेशका छैटौँ मुख्यमन्त्री बन्न लागेका हुन्। प्रदेश प्रमुख शेरचनले आचार्यलाई सोमबार साँझ नै मुख्यमन्त्रीमा नियुक्त गर्ने जनाइएको छ।

प्रकाशित: ७ साउन २०८१ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =