वीरगन्ज महानगरले उठायो ६१ करोड ४७ लाख राजस्व

हिमाल प्रेस ५ साउन २०८१ ११:२१
4
SHARES
वीरगन्ज महानगरले उठायो ६१ करोड ४७ लाख राजस्व

वीरगन्ज- वीरगन्ज महानगरले गत आर्थिक वर्षमा ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ रुपैयाँ राजस्व संकलन गरेको छ। महानगरले संकलन गरेको उक्त राजस्व अघिल्लो आवको तुलनामा चार करोड ४५ लाख ४३ हजार नौ सय ३० रुपैयाँले बढी हो। महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै ९० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेपनि सो अवधिमा ६१ करोड ४७ लाख राजस्व संकलन गरेको बताए।

‘आर्थिक मन्दिले करदाता पीडामा भएको बेला पनि उक्त रकम राजस्व संकलन उठ्नुलाई सकारात्मक नै मान्नुपर्ने देखिन्छ’, उनले भने, ‘आर्थिक वर्षमा राजस्वको लक्ष्य निर्धारण गर्दा आम्दानीलाई हेरेरभन्दा पनि खर्चमा आधारित हुने गरी गराउँदा लक्ष्य पछ्याउँन समस्या भएको हो।’

राजस्व महाशाखा प्रमुख कर्णले वीरगन्ज महानगरमा गत आवमा करको दायरा पनि बढाउन नसकिएको बताए। ‘गत आवमा घरेलु उद्योग तथा वाणिज्य उद्योग धेरै बन्द भए जसको असर राजस्व संकलनमा पनि परेको छ’, उनले भने। महानगरले गत आवमा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमा उठाएको छ । सो शीर्षमा महानगरले २० करोड छ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। त्यस्तै घरबहाल करबापत ११ करोड ७७ लाख ४४ हजार आम्दानी गरेको छ।

 

प्रकाशित: ५ साउन २०८१ ११:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =