मुस्ताङमा माटोको ढिस्कोमा पुरिँदा दुई जनाको ज्यान गयो

हिमाल प्रेस ४ साउन २०८१ १८:२६
20
SHARES
मुस्ताङमा माटोको ढिस्कोमा पुरिँदा दुई जनाको ज्यान गयो मुस्ताङमा ढिस्कोमा पुरिएकाको शव निकालिँदै।

काठमाडौँ- मुस्ताङस्थित धुम्बा ताल छेउमा नाला खन्नेक्रममा माटोको ढिस्कोमा पुरिँदा दुई जनाको ज्यान गएको छ। मुस्ताङको घरपझोङ गाउँपालिका–५ धुम्बा तालस्थित नाली बनाउने ट्रयाक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका दुई जनाको ज्यान गएको हो।

मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५का १९ वर्षीय होमबहादुर बुढाथोकी र दाङको गढवा गाउँपालिका–१ का ३० वर्षीय रवि दर्लामी मगर छन्। उनीहरूको शव नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा निकालिएको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: ४ साउन २०८१ १८:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =