
गलेश्वर– गत कात्तिकदेखि पुनः सञ्चालनमा आएको कोरला नाकामा भौतिक संरचना तथा उद्धार केन्द्र निर्माण गरिएको छ।
गण्डकी प्रदेश, पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत सुरक्षा निकायका लागि आवश्यक भौतिक संरचना तथा उद्धार केन्द्रका लागि ४० लाख २५ हजारको लागतमा एकीकृत भवन निर्माण गरिएको हो।
सीमा क्षेत्रमा सुरक्षा र राजस्व संकलन गर्नका लागि भन्सार कार्यालय सञ्चालन गर्नेगरी प्रि-फाइप प्रविधिको छ कोठे एकतले भवन निर्माण गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सव-इञ्जिनीयर कमल पहारीले जानकारी दिए।
कोरला नाकाको नेपालतर्फ एउटा पनि भवन नहुँदा भन्सारका कर्मचारी, सुरक्षाकर्मी, व्यापारी र पर्यटकलाई आवतजावतमा निकै समस्या हुने गरेको थियो।
प्रकाशित: २ साउन २०८१ १३:१२
प्रतिक्रिया