प्रचण्डलाई मेटमणिले भने : देउवासँग सम्बन्ध सन्तुलनमा राख्नुहोला परिस्थिति अनुकूल हुन्छ

हिमाल प्रेस २८ असार २०८१ १६:१९
236
SHARES
प्रचण्डलाई मेटमणिले भने : देउवासँग सम्बन्ध सन्तुलनमा राख्नुहोला परिस्थिति अनुकूल हुन्छ फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनापछि परिस्थिति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि अनुकूल हुने भन्दै कांग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनुमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई दोष नदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका हुन्। उनले देउवासँगको सम्बन्धलाई सन्तुलनमा राखिरहन भन्दै चार महिनापछि परिस्थिति अनुकूल हुने दाबी गरे।

प्रमुख सचेतक चौधरीले चार महिनापछिको परिस्थिति प्रचण्डकै पक्षमा हुने बताए। उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई देशको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी संसद विघटनको साक्षी नबस्न पनि सुझाव दिए।

‘आज परिस्थिति जस्तो भए पनि कांग्रेस सभापतिलाई दोषी तपाईंले कत्ति पनि नदेख्नु होला। उहाँसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुहोला। चार महिनामै परिस्थिति अनुकूल भई हाल्छ,’ उनले भने।

प्रमुख सचेतक चौधरीले दुई ठूला दल मिल्दा असंवैधानिक काम पनि संवैधानिक हुन्छ ? भनेर प्रश्नसमेत गरे। आगामी सरकार संविधानको धारा ७६ (३) बमोजिम बन्ने उनको भनाइ छ। उनले कांग्रेस एमालेलाई असंवैधानिक काम नगर्न आग्रह पनि गरे।

प्रकाशित: २८ असार २०८१ १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 6 =