फिल्ममा अभिनय गर्दै गायिका कमला घिमिरे

हिमाल प्रेस २३ असार २०८१ ११:३८
30
SHARES
फिल्ममा अभिनय गर्दै गायिका कमला घिमिरे

काठमाडौँ- गायिका कमला घिमिरे अब फिल्ममा अभिनय गर्ने भएकी छन्। उनी बाबु बलामीकाे निर्देशनमा बन्ने फिल्म ‘माइली’मा अनुबन्धित भएकी हुन्। निर्माण टिमले वेलकम भन्दै उनकाे फोटो सार्वजनिक गरेको छ तर उनको भूमिका गोप्य राखिएको छ। गायिका कमला लोक दोहोरीगीत गाएर चर्चामा आएकी थिइन्।

यसअघि फिल्ममा अभिनेत्री प्रियंका कार्की र करिश्मा मानन्धर पनि भित्रिएका छन्। निर्देशक बलामीका अनुसार फिल्म सत्य घटनामा आधारित महिलाको कथामा बन्नेछ।

यही असार अन्तिमबाट छायांकन हुने फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा छायांकन गरिनेछ। फिल्ममा निर्देशक बलामीको ‘कन्सेप्ट’, शंकर अधिकारी ‘घायल’को गीत, पटकथा तथा संवाद र राजेन्द्र बजगाईंको संगीत रहनेछ।

‘माइली’ प्रियंकासँग करिश्मा पनि देखिने

प्रकाशित: २३ असार २०८१ ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =