फिल्म ‘ईश्वर’को ‘तिमी आयौं’ सार्वजनिक

हिमाल प्रेस २२ असार २०८१ ९:५३
6
SHARES
फिल्म ‘ईश्वर’को ‘तिमी आयौं’ सार्वजनिक

काठमाडौँ- राजु गिरीको निर्देशनमा तयार भएको फिल्म ‘ईश्वर’को नयाँ गीत सार्वजनिक भएको छ। यो फिल्मको ‘तिमि आयौं’ बोलको यो गीत शुक्रबार युट्युब मार्फत सार्वजनिक गरेको हो।

सार्वजनिक यो गीतको भिडियोमा यो चलचित्रको मुख्य कलाकार पृथ्वीराज प्रसाई र अनु शाह प्रस्तुत छन्। कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा हरिबहादुर थापाको निर्माण, भोजराज देवकोटाको पटकथा तथा संवाद, लक्ष्मी कुँवरको प्रस्तुति छ। त्यस्तै, यो फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, रामेश्वर हुमागाँइको छायांकन, देव महर्जनको एक्सन छ।

यो फिल्ममा ध्रुव थापा, सुनील थापा, वुद्दि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ।

 

प्रकाशित: २२ असार २०८१ ९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =