सन्दीप लामिछानेलाई ‘ए ग्रेड’मा राख्ने क्यानको निर्णय

हिमाल प्रेस २१ असार २०८१ १७:१०
62
SHARES
सन्दीप लामिछानेलाई ‘ए ग्रेड’मा राख्ने क्यानको निर्णय

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौताको ग्रेड ‘ए’मा राख्ने निर्णय गरेको छ। बिहीबार र शुक्रबार बसेको क्यान केन्द्रीय कार्यसमितिको बैठकले उनलाई ‘ए’ ग्रेडमा राख्ने गर्ने निर्णय गरेको हो।

उनको केन्द्रीय सम्झौता जुलाई १ देखि डिसेम्बर ३१ सम्म कायम रहने क्यानले जनाएको छ। यसअघि माघ १८ गतेको क्यानको बैठकले ए ग्रेडमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी र आशिफ शेख परिसकेका थिए।

त्यसैगरी ‘ग्रेड बी’ मा आरिफ शेख, कुशल भुर्तेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् भने ‘ग्रेड सी’ मा कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्शन झा, अर्जुन साउद, अविनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन्।  यसैगरी आजको क्यानले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्ता नियुक्त गरेको छ।

क्यानकाे निर्णय : खेलाडी वर्गीकरण, सन्दीपको निलम्बन फुकुवा र मुद्दा फिर्ता लिन अख्तरलाई आग्रह

प्रकाशित: २१ असार २०८१ १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =