सरकार धरापमा पर्दा दुईदिने एआईजी बन्नै नपाई घर फर्किए पोखरेल

हिमाल प्रेस २१ असार २०८१ १२:४६
792
SHARES
सरकार धरापमा पर्दा दुईदिने एआईजी बन्नै नपाई घर फर्किए पोखरेल डीआईजी पोषराज पोखरेल

काठमाडौँ– सरकार अल्पमतमा परेसँगै आवश्यक निर्णय नहुँदा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेल बढुवा नभई घर फर्किएका छन्। बढुवा सिफारिस समितिले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरे सरकारले निर्णय नगर्दा उनी त्यसै घर फर्किएका हुन्। उनलाई दुईदिने एआईजी बन्ने अवसर आएको थियो।

ट्राफिक महाशाखा प्रमुख समेत रहेका पोखरेल आज शुक्रबारदेखि अनिवार्य अवकास भएका हुन्। उमेर हदका कारण उनी राति १२ बजेपछि अवकासमा गए। यही असार १० गते बसेको गृहसचिव नेतृत्वको बढुवा समितिले उनलाई बढुवाको सिफारिस गरेको थियो।

एआईजी उमेशराज जोशी बुधबारदेखि अनिवार्य अवकास भएपछि नेपाल प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षकको पद रिक्त भएको थियो। उक्त स्थानमा पोखरेललाई मौका थियो।

पोखरेल डीआईजीबाटै अवकास भएसँग अब प्रहरीमा एक एआईजी र एक जना डीआईजी रिक्त भएको छ।

अब डीआईजीहरू रामदत्त जोशी, बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भतरबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, अर्जुन चन्द ठकुरी र यज्ञ विनोद पोखरेल मध्येबाट एक जना एआईजीमा बढुवा हुनेछन्।

डीआईजी पोखरेललाई दुई दिने एआईजी बनाउने प्रस्ताव

प्रकाशित: २१ असार २०८१ १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =