किरण चापागाईंको एकल अभिनयमा ‘अनुत्तर’ मञ्चन हुँदै

हिमाल प्रेस १८ असार २०८१ १६:००
100
SHARES
किरण चापागाईंको एकल अभिनयमा ‘अनुत्तर’ मञ्चन हुँदै

काठमाडौँ- कलाकार किरण चापागाईंको एकल अभिनयमा नाटक ‘अनुत्तर (एन एग्निमा)’ मञ्चन हुने भएको छ। सद्भाव थिएटरको प्रस्तुति रहेको नाटक जमलस्थित राष्ट्रिय नाचघरमा साउन १ देखि मञ्चन हुन लागेको हो। राम केएसीले नाटकको लेखन र निर्देशन गरेका छन्।

नाटक हाम्रो समाजमा सीमान्तकृत आवाजहरूले सामना गर्ने संघर्षहरूको एक आकर्षक चित्रण रहेको निर्देशक राम केएसीले बताए।

साउन ७ गतेसम्म चल्ने नाटक साँझ साढे पाँच बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ।

प्रकाशित: १८ असार २०८१ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =