कांग्रेस-एमालेबीच नयाँ सरकार गठनबारे लिखित सहमति

हिमाल प्रेस १८ असार २०८१ ६:३२
54
SHARES
कांग्रेस-एमालेबीच नयाँ सरकार गठनबारे लिखित सहमति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ- वर्तमान समीकरण तोडेर नयाँ सरकार बनाउन प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति पत्रमा हस्ताक्षर भएको एमाले निकट स्रोतले जानकारी दिएको छ।

सहमतिपत्रमा पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ। सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ।

सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छन्। एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ। मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको हो।

प्रकाशित: १८ असार २०८१ ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =