८४ को चुनावमा एक्लै लडेर जित्छौँ : प्रचण्ड

हिमाल प्रेस १३ साउन २०८१ १५:४३ | Sunday, July 28, 2024
८४ को चुनावमा एक्लै लडेर जित्छौँ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ अघि बढ्ने बताएका छन्।

माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले आगामी दिनमा पार्टीलाई रुपान्तरणसहित गतिशील बनाइने बताए। उनले ८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ पार्टीमा छलफल चलिरहेको जानकारी दिए।

प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक विकासको बाटोमा काम गरिरहँदा सुशासनको डरमा भ्रष्टहरू मिलेर सरकार ढालेको आरोप लगाए।

आफूहरु सरकार छाड्दा बिजेताका रुपमा निस्केको र सरकारमा जानेहरु हारेजस्तो देखिएको दाबी उनको छ। प्रचण्डले सरकारबाट बाहिरिएपछि पार्टीलाई बलियो बनाउँदै संगठन विस्तारमा ध्यान केन्द्रीत गर्ने अवसर प्राप्त भएको बताए।

प्रकाशित: १३ साउन २०८१ १५:४३ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast