६४ डेंगु संक्रमित मध्ये ५१ जना चितवनका

हिमाल प्रेस १२ साउन २०८१ ९:०७ | Saturday, July 27, 2024
६४ डेंगु संक्रमित मध्ये ५१ जना चितवनका सांकेतिक तस्बिर।

चितवन- चितवनमा ६४ जनामा डेंगुको संक्रमण देखिएको छ। तीन सय जनाको परीक्षणका क्रममा उनीहरूमा डेंगु संक्रमण देखिएको हो। संक्रमितमध्ये ५१ जना चितवनका हुन्। जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगुको संक्रमण बढेको छ। गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगुको संक्रमण देखिएको उनले बताए।

भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंगु देखिएको छ। उनले भने, ‘डेंगुको संक्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ।’ संक्रमण बढेसँगै संक्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए।

जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेंगुको संक्रमण देखिएको थियो। प्रमुख रुपाखेतीका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा संक्रमण देखिएको हो।

विशेषगरी भदौ र असोजमा डेंगु रोग बढी देखिने गर्दछ।

प्रकाशित: १२ साउन २०८१ ९:०७ | Saturday, July 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast