१.१६ प्रतिशतले घट्यो आयात

हिमाल प्रेस ७ साउन २०८१ १६:१२ | Monday, July 22, 2024
१.१६ प्रतिशतले घट्यो आयात

काठमाडौँ– सरकारी अधिकारीहरूले अर्थतन्त्रमा सुधार भइरहेको दाबी गरिरहँदा आयात निर्यात दुवै घटेको देखिएको छ।  गत आर्थिक वर्ष २०८०/८१ मा करिब १६ खर्ब बराबरको आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असार मसान्तसम्म कुल १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको आयात भएको हो।

अघिल्लो आवको तुलनामा १.१६ प्रतिशत कम आयात भएको विभागको तथ्यांक छ। अघिल्लो आवमा कुल १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँ बराबरको आयात भएको थियो। गत आर्थिक वर्षमा आयातसँगै निर्यात पनि घटेको छ। गत आवमा १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको नियात भएको विभागको तथ्यांकमा छ। अघिल्लो आवमा कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ। अघिल्लो आवको तुलनामा निर्यात ३.०३ प्रतिशत घटेको छ।

गत वर्ष नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। विभागका अनुसार गत वर्ष नेपालले कुल १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। आयातको तुलनामा निर्यात ज्यादै कम हुँदा व्यापार घाटा पनि साढे १४ खर्ब कायम भएको छ।

प्रकाशित: ७ साउन २०८१ १६:१२ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast