हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

हिमाल प्रेस २ साउन २०८१ ७:०४ | Wednesday, July 17, 2024
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, दिनार, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा थियो।

युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ४० पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २७ पैसा थियो। बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४६ पैसा र बिक्रीदर ९० रुपैयाँ ८७ पैसा थियो। कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६२ पैसा थियो।

बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ र बिक्रीदर ३५५ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६२ पैसा थियो।

प्रकाशित: २ साउन २०८१ ७:०४ | Wednesday, July 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast