सेन्ट जेभियर्स कलेजकाे लापरबाहीले प्रवेश परीक्षा दिन पाएनन् विद्यार्थीले

हिमाल प्रेस २९ असार २०८१ १९:०८ | Saturday, July 13, 2024
सेन्ट जेभियर्स कलेजकाे लापरबाहीले  प्रवेश परीक्षा दिन पाएनन् विद्यार्थीले माइतीघरस्थित सेन्ट जेभियर्स कलेज। तस्बिर कलेजकाे बेवसाइटबाट।

काठमाडौँ-  माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुईवटा सूचना प्रकाशित गरेपछि कक्षा ११ को प्रवेश परीक्षाबाट केही विद्यार्थी वञ्चित भएका छन्। कलेजको सुरुमा प्रकाशित गरेको सूचनाका आधारमा विद्यार्थी आज बिहान ७:१५ बजे कलेज पुगेका थिए। तर कलेजले उक्त परीक्षा शुक्रबार नै सम्पन्न भइसकेको जानकारी गराएको थियो।

कञ्चनपुरबाट प्रवेश परीक्षा दिन आएका आर्थिक रानाका पिता कृपाराम रानाले भने,‘प्रवेश परीक्षा लिन भनेर हामीसँग १५० का दरले रकम उठाइएको थियो तर अहिले आएर परीक्षा दिनबाट वञ्चित गराइयो।’ विद्यार्थी प्रियंका ओझाका पिता विपिन ओझाले पनि उक्त कलेजको लापरबाहीका कारण आफूहरूले दुःख पाएको बताए।

कलेजले कक्षा ११ मा भर्नाका लागि विभिन्न १० स्थानका लागि आवेदन मागेकाेमा साढे दुई हजार विद्यार्थीले फाराम भरेका थिए। कलेजले सुरुको सूचनामा पाँच स्थानमा शुक्रबार र पाँच स्थानमा शनिबार परीक्षा सञ्चालन हुने उल्लेख गरेको थियो। तर पछि तालिका परिवर्तन गरेकाले शनिबारका लागि तयारी गरेका विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन्।

दार्चुलाका विद्यार्थी रश्मी साउदले काठमाडौँ आएर पनि परीक्षा दिन नपाउँदा दुःख लागेको बताइन्। कलेजका प्रिन्सिपल फादर डा.अगुस्टिन थोमस एसजेसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले कलेजको फरक-फरक सूचनाका कारण विद्यार्थी प्रवेश परीक्षाबाट वञ्चित भएका हुन् भने दुःखद् भएको र यसबारे कलेज जवाफदेहिता हुनुपर्ने बताए।

प्रकाशित: २९ असार २०८१ १९:०८ | Saturday, July 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast