सामाजिक सुरक्षा भत्ता लिन आउनेको नि:शुल्क स्वास्थ्य परीक्षण

हिमाल प्रेस ११ साउन २०८१ १४:४९ | Friday, July 26, 2024
सामाजिक सुरक्षा भत्ता लिन आउनेको नि:शुल्क स्वास्थ्य परीक्षण

पोखरा- पोखरा महानगरपालिका वडा नं. १३ ले सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको निशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ।

कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकार्यमा सामाजिक सुरक्षा भत्ता लिन आउने नागरिकको स्वास्थ्यको जाँच सुरु गरेको अध्यक्ष किरण बरालले जानकारी दिए। उनका अनुसार पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको समेत परीक्षण गरिनेछ। जसका लागि डा. कुशुम महराको सहयोग मिल्ने उनको भनाइ छ।

‘नागरिकको स्वास्थ्यमा हामी संवेदनशील छौं। सामाजिक सुरक्षा भत्ता लिन आउने वृद्ध बुवाआमाहरुको उपचारमा सहयोग मिलोस् भन्ने भावनाले वडाले नै निशुल्क स्वास्थ्य जाँचको सुविधा उपलब्ध गराएको हो,’ उनले भने।

वडाले उपलब्ध गराएको निशुल्क स्वास्थ्य परीक्षणको लाभ लिन उनले वडाबासीलाई अनुरोध पनि गरेका छन्। स्थानीय तहको दायित्व र कर्तव्यअन्तर्गत आफूहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले उल्लेख गरे।

प्रकाशित: ११ साउन २०८१ १४:४९ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast