समाजवादी मोर्चा पुनर्गठनको तयारी

हिमाल प्रेस २६ असार २०८१ २०:३० | Wednesday, July 10, 2024
समाजवादी मोर्चा पुनर्गठनको तयारी

काठमाडौँ- समाजवादी मोर्चा पुनर्गठनको तयारी गरिएको छ। बुधबार साँझ बालुवाटारमा भएको छलफलले मोर्चा पुनर्गठनको तयारी थालेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको छलफलमा नेकपा एस अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरूको उपस्थिति थियो।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार आज (बुधबार)को छलफललाई समाजवादी मोर्चा पुनर्गठनको प्रारम्भिक छलफल भनिएको छ। छलफलमा समसामयिक राजनीति घटनाक्रमका बारेमा प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका थिए। साथै अन्य नेताहरूले पनि आफ्नो धारणा राखेका थिए।

प्रकाशित: २६ असार २०८१ २०:३० | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast