विमान दुर्घटना : घाइते पाइलट मनीषको यस्तो छ स्वास्थ्य अवस्था

हिमाल प्रेस १० साउन २०८१ १५:१९ | Thursday, July 25, 2024
विमान दुर्घटना : घाइते पाइलट मनीषको यस्तो छ स्वास्थ्य अवस्था पाइलट मनीषरत्न शाक्य

काठमाडौँ- बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा बाँचेका पाइलट मनीषरत्न शाक्यको पछिल्लो स्वास्थ्य अवस्थाबारे अस्पतालले जानकारी गराएको छ। घाइते मनीषको मेडिकल कलेज पब्लिक लिमिटेडमा उपचार जारी छ। उनको सघन उपचार कक्ष (आईसीयू)मा उपचार जारी रहेको अस्पतालकी निर्देशक प्राध्यापक डाक्टर मीना थापाले जानकारी दिइन्।

‘उहाँ (मनीष)को अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरु, ढाडको एउटा हड्डी साथै देब्रे पट्टिको ३ वटा करङ्गहरु भाँचिएका छन्,’ उनले भनिन्, ‘अनुहार तथा नाक आँखाका चोटहरुको हिजै उपचार भइसकेको जानकारी गराउदछौँ। हाल उहाँको अवस्था सामान्य रहेको जटिलताहरु नदेखिएको समेत जानकारी गराउदछौँ।’

बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १९ जना सवार मध्ये १८ जनाको घटना स्थलमै निधन भएकोमा थियो।

प्रकाशित: १० साउन २०८१ १५:१९ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast