पूर्वप्रधानमन्त्री खनालले भने : नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन सरकारको ध्यान जाओस्

हिमाल प्रेस १० साउन २०८१ ७:३४ | Thursday, July 25, 2024
पूर्वप्रधानमन्त्री खनालले भने : नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन सरकारको ध्यान जाओस् पूर्वप्रधानमन्त्री झलनाथ खनाल। फाइल तस्बिर

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले बुधबार सौर्य एयरको विमान दुर्घटनाको खबरले स्तब्ध भएको बताएका छन्।

उक्त दुर्घटनामा ज्यान गुमाएकाप्रति आफू स्तब्ध बनेको खनालले बताएका छन्। यस्तै, समाजवादीका नेता उषा पोखरेल र प्रकाश खतिवडाकी छोरी प्रिजा खतिवडा, ज्वाई मनुराज शर्मा र नाती अधिराज शर्माको पनि दुखद निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै खनालले समवेदना प्रकट गरेका छन्।

उपचाररत पाइलट मनीष शाक्यको पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दुर्घटनाको वास्तविक कारण यथासम्भव छिटो पत्ता लगाउन, नेपाली हवाई आकाशलाई सुरक्षित बनाउन र आउँदा दिनमा मानवीय तथा यान्त्रिक कमी कमजोरीहरु हुन नदिन तर्फ सजग हुन सरकारप्रति अनुरोध गरेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग छाड्नासाथ भयानक दुर्घटनामा परेको थियो। जहाँ १९ जना यात्रु रहेकामा १८ जनाको निधन भएको छ।

प्रकाशित: १० साउन २०८१ ७:३४ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast