लुम्बिनीबाट हिमाल हेर्दा [तस्बिरहरू]

विनोद परियार १६ साउन २०८१ १६:०६ | Wednesday, July 31, 2024
लुम्बिनीबाट हिमाल हेर्दा [तस्बिरहरू] लुम्बिनीबाट देखिएको हिमाल र अन्य दृश्यहरू।

लुम्बिनी- लगातारको झरिपछि खुलेको मौसममा बुधबार बुद्धजन्मस्थल लुम्बिनीबाट हिमाल देखिएको छ। खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमालहरू देख्दा यहाँ आएका पर्यटक र धार्मिक पर्यटकहरू लोभिए। प्राय असार, साउनको महिनामा पानी परेर मौसम खुलेको बेला अन्नपूर्ण, धौलागिरी लगायतका हिमालहरू देखिन्छ।

पुस्तौँदेखि मायादेवी मन्दिरमा पूजा गर्दै आएका योगेन्द्रनाथ पाण्डेले मौसम सफा रहेको बेला लुम्बिनीबाट हिमाल देखिने गरेको बताए। ‘प्रायअसार साउनमा मौसम खुल्दा हिमाल देखिन्छ’ उनले भने।

त्यसो त बुधबार श्रीलंकाबाट धम्म श्री भन्तेको नेतृत्वमा आएको तीर्थालुहरूको टोलीले बुद्धजन्मस्थलबाट हिमाल देख्न पाउदा निकै खुसी भएको बताए। बुद्धजन्मस्थलको पवित्र जन्मस्थलमा आउदा हिमालको दुर्लभ दृश्य देख्न पाएकोमा असाध्यै खुशी भएको बताए।

उनले भगवान बुद्धको जन्म हिमालयको काखमा जन्मिएको भनेर ब्याख्या गरिएकोमा आज लुम्बिनीबाटै हिमाल देख्न पाउनु आफूहरूका लागि अयोभाग्य रहेको बताए।

 

प्रकाशित: १६ साउन २०८१ १६:०६ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast