लीला गिरी लुम्बिनीको नयाँ मुख्यमन्त्री बन्ने

हिमाल प्रेस ७ साउन २०८१ ७:१५ | Monday, July 22, 2024
लीला गिरी लुम्बिनीको नयाँ मुख्यमन्त्री बन्ने लीला गिरी

काठमाडौँ- नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरी सो प्रदेशका नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। गिरीलाई नियुक्तिको लागि कांग्रेस र एमालेले सोमबार संयुक्त रूपमा दाबी पेस गर्ने तयारी रहेको छ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले राजीनामा दिएसँगै नेपाली कांग्रेस र एमालेको गठबन्धन लीला गिरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको हो। दुई दलमा भएको सहमतिअनुसार एमालेको भागमा मुख्यमन्त्री परेसँगै गिरीलाई उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि आइतबार नै आह्वान भइसकेको छ। लुम्बिनीका प्रदेश प्रदेश अमिक शेरचनले नयाँ सरकार गठनका लागि दलहरूलाई सोमबार साँझ ६ः३० बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका हुन्।

प्रकाशित: ७ साउन २०८१ ७:१५ | Monday, July 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast