लीलादेवी बनिन् नेपालको पहिलो महिला मुख्यसचिव

हिमाल प्रेस १० साउन २०८१ १६:५० | Thursday, July 25, 2024
लीलादेवी बनिन् नेपालको पहिलो महिला मुख्यसचिव

काठमाडौँ- नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि उनी कायममुकायम मुख्यसचिव थिइन्। उनी नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन्। उनी कानुन सेवाबाट सचिव भएकी थिइन्। उनी २०७७ कात्तिक २७मा सचिव पदमा बढुवा भएकी हुन्।

निवर्तमान मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लागेपछि उनी कामु मुख्यसचिव बनेकी थिइन्। अर्यालसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले अर्यालसहित रितेश शाक्य, टंक पाण्डे, विकल पौडेल, गणेशविक्रम शाही, सफल श्रेष्ठ, रवीन्द्रप्रसाद पौडेल, विष्णुप्रसाद गौतम, हरिबल्लब घिमिरे, शक्तिप्रसाद श्रेष्ठ, केशव शर्मालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। उनीहरूविरुद्ध अन्त:शुल्क स्टिकर छपाइमा ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ। अभियोगपत्रमा सोही रकम बराबरको  बिगो दाबी पनि गरेको छ।  मुद्दा दायर भएसँगै अर्यालसहित नेपाल सरकारका कर्मचारीहरू स्वत:निलम्बनमा परेका थिए।

मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित: १० साउन २०८१ १६:५० | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast