काठमाडौँ- रामेछापमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जीप मंगलबार साँझ दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा रामेछापकै ६२ वर्षीया माया विक रहेकी छन्। घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए। रासस
प्रकाशित: २६ असार २०८१ ७:१८ | Wednesday, July 10, 2024
प्रतिक्रिया




