राप्रपाले बोलायो संसदीय दलको बैठक

हिमाल प्रेस २७ असार २०८१ ६:२८ | Thursday, July 11, 2024
राप्रपाले बोलायो संसदीय दलको बैठक राजेन्द्र लिङ्देन। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न बिहीबार संसदीय दलको बैठक आह्वान गरेको छ। पार्टीको संसदीय दलको कार्यालयमा बस्ने बैठकले संसदीय दलका नेताहरूसँग छलफल गरी उनीहरूको सुझावका आधारमा पक्ष वा विपक्षमा निर्णय लिने राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए।

सरकारमा रहेका नेकपा एमालेलगायतका केही दलहरू सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ असारमा विश्वासको मत लिँदैछन्।

प्रकाशित: २७ असार २०८१ ६:२८ | Thursday, July 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast