यस्तो छ ‘मोदीबेनी’को ट्रेलर 

हिमाल प्रेस ४ साउन २०८१ १९:३५ | Friday, July 19, 2024
यस्तो छ ‘मोदीबेनी’को ट्रेलर 

काठमाडौँ- फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अभिनेत्री वर्षा शिवाकोटी र डेब्यु अभिनेता अमर प्रताप श्रेष्ठबीच प्रेममा आइपर्ने उतारचढावलाई देखाइएको छ।

फिल्म पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ। शंकर कोइरालाले निर्देशन गरेको फिल्म आनन्दविक्रम क्षेत्रीले लेखेका हुन्। फिल्म साउन १८ गते प्रदर्शन हुनेछ।

सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको पनि अभिनय छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमामा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहेका छन्।

उत्सव दाहालको छायांकन गरेको फिल्म भरत रेग्मीले सम्पादन गरेका हुन्।

प्रकाशित: ४ साउन २०८१ १९:३५ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast