मुख्यसचिव गड्तौलालाई प्रधानमन्त्रीको बधाई

हिमाल प्रेस १० साउन २०८१ १८:०६ | Thursday, July 25, 2024
मुख्यसचिव गड्तौलालाई प्रधानमन्त्रीको बधाई तस्बिर साभार : केपी शर्मा ओलीको फेसबुक

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिवमा नियुक्त भएकी लीलादेवी गड्तौलालाई बधाई दिएका छन्। ओलीले गड्तौलालाई पहिलो मुख्य सचिव बनेकोमा बधाई दिएका हुन्। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको थियो।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व पहिलोपटक महिलालाई! आजको मन्त्रिपरिषद बैठकले सरकारको मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ। नवनियुक्त मुख्यसचिव लीलादेवी गड्तौलालाई बधाई।’

प्रकाशित: १० साउन २०८१ १८:०६ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast