माओवादी बैठक : पार्टी नेतृत्वको सरकारले गरेका राम्रा काम जनतामाझ लैजानुपर्नेमा जोड

हिमाल प्रेस १३ साउन २०८१ १९:३६ | Sunday, July 28, 2024
माओवादी बैठक : पार्टी नेतृत्वको सरकारले गरेका राम्रा काम जनतामाझ लैजानुपर्नेमा जोड फाइल तस्बिर।

काठमाडौँ- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई लिएर जनतामाझ जानुपर्नेमा नेताहरूले जोड दिएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा धारणा राख्ने पदाधिकारीहरूले पार्टी नेतृत्वको सरकारले निकै राम्रो काम गरेको र अब जनतामाझ जानुपर्ने सुझाव दिएका हुन्। आइतबार पाँच जना पदाधिकारीहरूले धारणा राखेका थिए।

बैठकमा वर्तमान परिस्थितिका बारेमा छलफल भएको प्रवक्ता अग्नि सापकोटाले बताए। उनले जनतामा गएर राष्ट्रियता, जनजिविकाका सवालहरूलाई थप बलियो बनाउनुपर्ने सुझाव आएको धारणा राखे।

सरकारमा बसेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा भएको कुराको सामूहिक स्वामित्व लिनुपर्ने र कमी कमजोरी पनि गम्भीर समीक्षा गर्नुपर्नेमा अधिकांशको जोड रहेको उनको भनाइ छ।

पदाधिकारी बैठक सकिएपछि स्थायी कमिटी र केन्द्रीय कमिटी बसेर आवश्यक निष्कर्ष निकाल्ने प्रवक्ता सापकोटाले बताए।

प्रकाशित: १३ साउन २०८१ १९:३६ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast