महाधिवेशन सकिएको एक महिनापछि केन्द्रीय कमिटी बनाउन जुट्यो समाजवादी

हिमाल प्रेस १० साउन २०८१ ८:४३ | Thursday, July 25, 2024
महाधिवेशन सकिएको एक महिनापछि केन्द्रीय कमिटी बनाउन जुट्यो समाजवादी फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बस्नेछ । बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने बारेमा छलफल हुनेछ।

केन्द्रीय सदस्यका लागि प्रदेशहरूले पठाएका नाममा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता प्रमेश हमाललगायत नेताहरूले छनोट गरेर केन्द्रीय कमिटी बैठकमा नामहरू पेस गर्ने बताइएको छ।

यसअघि असार २१ गते सकिएको १० राष्ट्रिय महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा भए पनि बाँकी केन्द्रीय सदस्य १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा नेताहरूले गरेपनि उक्त समयमा कमिटीलाई पूर्णता दिन नेताहरू असफल भएका छन्।

साथै पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।  समाजवादीको केन्द्रीय समितिमा प्रतिस्पर्धा हुने भएपछि महाधिवेशन रोकिएको थियो। पहिले केन्द्रीय समिति चयन गरेर त्यसपछि समाजवादीले पदाधिकारी चयन गर्दैछ। अब समाजवादीमा वरिष्ठ उपाध्यक्ष पदमा टकराव छ।

प्रकाशित: १० साउन २०८१ ८:४३ | Thursday, July 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast