महाकालीमा हाम फालेर महिला बेपत्ता

हिमाल प्रेस १३ साउन २०८१ ६:४२ | Sunday, July 28, 2024
महाकालीमा हाम फालेर महिला बेपत्ता सांकेतिक तस्बिर।

दार्चुला- दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन्। शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलंगास्थित रिङ्नेतालनजिकैबाट हाम फालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार कुँवर हाम फाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले प्रहरीलाई खबर गरेका थिए । केही बेरमै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी उनलाई समात्न नजिकै पुगेका बेला कुँवर नदीमा हाम फालेकी हुन् ।

महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: १३ साउन २०८१ ६:४२ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast