मन्त्रिपरिषद्को निर्णय अब २४ घण्टापछि मात्रै सार्वजनिक गरिने (निर्णयसहित)

हिमाल प्रेस ३१ असार २०८१ १९:४० | Monday, July 15, 2024
मन्त्रिपरिषद्को निर्णय अब २४ घण्टापछि मात्रै सार्वजनिक गरिने (निर्णयसहित) फाइल तस्बिर

काठमाडौँ- मन्त्रिपरिषद्को बैठकको निर्णय अब २४ घण्टापछि मात्रै सार्वजनिक गरिने भएको छ। सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले दोस्रो बैठकबाट यसको अभ्यास गरिने बताए।

मन्त्रिपरिषद्को निर्णय परिपक्व हुन २४ घण्टा लाग्ने भएकाले दोस्रो बैठकबाट पत्रकार सम्मेलन गरेर भोलिपल्ट  निर्णय सार्वजनिक गर्ने उनको भनाइ छ।

आज (सोमबार) मन्त्रिपरिषद्को बैठकले प्रवक्ता सञ्चारमन्त्री गुरुङलाई तोक्ने निर्णय गरेको छ। यस्तै कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, विपद्का कारण घटना भएको १० दिनसम्म पनि बेपत्ता भएकाका परिवारलाई मृतकसरह राहत दिने, जाजरकोट भूकम्पका पीडितलाई राहत उपलब्ध गराइने, २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त बनाइने, परिवर्तित समयमा मन्त्रिपरिषद् र मन्त्रिपरिषदका विभिन्न समितिमा प्रक्रियामा रहेका वा प्रक्रियामा नलगिएका सबै प्रस्ताव सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने निर्णय गरेको छ।

बैठकले सचिव लिलादेवी गड्तौलालाई कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिने पनि निर्णय गरेको छ।

ओली क्याबिनेटको पहिलो निर्णय : कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाइने

प्रकाशित: ३१ असार २०८१ १९:४० | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast