भ्रातृ संस्थालाई विपद् प्रभावित क्षेत्रमा परिचालन हुन कांग्रेसको निर्देशन

हिमाल प्रेस २६ असार २०८१ १६:३१ | Wednesday, July 10, 2024
भ्रातृ संस्थालाई विपद् प्रभावित क्षेत्रमा परिचालन हुन कांग्रेसको निर्देशन कांग्रेस पार्टी कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले विपद् प्रभावितको उद्धार तथा राहतमा परिचालन हुन आफ्नो पार्टीका भ्रातृ संस्थाहरूलाई निर्देशन दिएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै तहले एक आपसमा समन्वय गरी सम्पूर्ण सांगठनिक संरचनालाई परिचालन गरी उद्धार र राहतको कार्यमा सहयोग गर्न आग्रह गरेका छन्।

यस्तै कांग्रेसले प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनवटै तहका सरकारहरुले आवश्यक समन्वय गर्नुपर्ने भन्दै व्यवस्थित योजनाका साथ सम्पूर्ण रुपले ध्यान केन्द्रित गर्न सरकारसँग माग गरेको छ।

कांग्रेसले प्राकृतिक प्रकोपमा जीवन गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।

प्रकाशित: २६ असार २०८१ १६:३१ | Wednesday, July 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast