भारतीय अर्थमन्त्री निर्मला सीतारमण। तस्बिर साभार : बीबीसी
काठमाडौँ– निर्मला सीतारमण लगातार सातपटक बजेट पेस गर्ने भारतीय अर्थमन्त्री बनेकी छन्। उनले भारतीय संसद्मा मंगलबार बजेट पेस गरेकी हुन्। यो प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो पूर्ण बजेट हो। यसअघि मोरारजी देसाईले लगातार ६ पटक बजेट पेस गरेको बीबीसीले जनाएको छ।
बजेटमा २.६६ लाख करोड रुपैयाँ ग्रामीण क्षेत्रको विकासका लागि विनियोजन गरिएको छ।
यसैगरी कृषि क्षेत्रका लागि १.५२ लाख करोड, पाँच राज्यमा जनसमर्थनमा आधारित किसान क्रेडिट कार्ड जारी, प्रमुख सहरमा १०० वटा साप्ताहिक हाटबजार र स्ट्रिट फुड हब बनाइने घोषणा बजेटमार्फत गरिएको छ।
प्रकाशित: ८ साउन २०८१ १५:५५ | Tuesday, July 23, 2024
प्रतिक्रिया





