फिफा वरीयतामा नेपालको स्थान यथावत

हिमाल प्रेस ३ साउन २०८१ १८:१९ | Thursday, July 18, 2024
फिफा वरीयतामा नेपालको स्थान यथावत सांकेतिक तस्बिर।

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नयाँ वरीयता सार्वजनिक गरेकाे छ। बिहीबार सार्वजनिक वरीयतामा नेपाली राष्ट्रिय फुटबल टोली ९३५.९३ अंकका साथ १७५औं स्थानमा यथावत छ।

दक्षिण एसियामा नेपालभन्दा अगाडि भारत १२४ र माल्दिभ्स १६३औं स्थानमा छन्। यसैगरी नेपालभन्दा पछाडि भुटान १८२ बंगालदेश १८४, पाकिस्तान १९७ र श्रीलंका २०५औं स्थानमा छन्।

वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना कायम छ। फ्रान्स, स्पेन, इङ्ल्यान्ड, ब्राजिल, बेल्जियम, नेदरल्यान्ड्स, पोर्चुगल, कोलम्बिया र इटाली क्रमशः दोस्रो देखि १०औं स्थानमा छन्।

प्रकाशित: ३ साउन २०८१ १८:१९ | Thursday, July 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast