पहिरो खस्दा कान्तिपथ अवरुद्ध

हिमाल प्रेस १३ साउन २०८१ १३:४० | Sunday, July 28, 2024
पहिरो खस्दा कान्तिपथ अवरुद्ध

मकवानपुर- काठमाडौँ र हेटौँडालाई जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–२ पाङ्धुरे र छबेनीमा शनिबार राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो।

यसैगरी मकवानपुरको भीमफेदी गाउँपालिका–८ अन्तर्गत पर्ने कान्ति लोकपथको सिरानचोकमा पहिरो जाँदा हेटौँडाबाट ठिगनतर्फको यातायात सेवा पनि अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए। पाङ्धुरे र छबेनीमा गएको पहिरो हटाउने काम भइरहेको छ।

अहिले त्रिभुवन राजपथ, हेटौँडा कुलेखानी हुँदै काठमाडौँतर्फ जाने मातातीर्थ, फाखेल र सिस्नेरी सडकमा यातायात सेवा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ साउन २०८१ १३:४० | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast