पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध

हिमाल प्रेस १३ साउन २०८१ ७:३२ | Sunday, July 28, 2024
पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध फाइल तस्बिर।

काठमाडौँ- पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। शनिबार रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेँसीशहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भीरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ।

खरखरे भीरमा ठूला–ढुङ्गासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन।

सडक अवरुद्ध हुँदा बेँसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौं, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेँसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् । रासस–

प्रकाशित: १३ साउन २०८१ ७:३२ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast