पहिरोमा परेर मृत्यु भएका किशोरीका परिवारलाई सांसद कान्छारामको राहत

हिमाल प्रेस १३ साउन २०८१ ७:२७ | Sunday, July 28, 2024
पहिरोमा परेर मृत्यु भएका किशोरीका परिवारलाई सांसद कान्छारामको राहत

रामेछाप- गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको पहिरोमा परी मृत्यु भएका किशोरीका परिवारलाई प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर (कान्छाराम)तामाङले राहत रकम उपलब्ध गराएका छन्। सांसद तामाङले प्रतिपरिवार रु १० हजारका दरले सहयोग गरेका हुन् । गत बिहीबार राति स्थानीय बिमा तामाङको घर पहिरोले पुरिँदा तीनजना किशोरीको मृत्यु भएको थियो।

पहिरोमा परी १७ वर्षीया सीता तामाङ, १४ वर्षीया तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको थियो। सांसद तामाङले मृतकका आफन्त विमान तामाङ, पदम तामाङ र पेमा तामाङलाई सहयोग हस्तान्तरण गरे। पीडित परिवारले आफूहरूको बसोबास सुरक्षित स्थानतर्फ सर्नुपर्ने भएकाले विद्युत्लगायत सुविधा व्यवस्थापनका लागि सांसद तामाङसँग अनुरोध गरेका थिए।

उक्त वडाका वडाध्यक्ष चन्द्र सुनुवारले पीडित तथा विस्थापित परिवारको व्यवस्थापनका लागि गाउँपालिका र वडाले काम अगाडि बढाएको जानकारी दिए।

प्रकाशित: १३ साउन २०८१ ७:२७ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast