नेपाली भान्सामा भारतीय तरकारी : एक वर्षमा कति आयात?

हिमाल प्रेस ११ साउन २०८१ ५:४८ | Friday, July 26, 2024
नेपाली भान्सामा भारतीय तरकारी : एक वर्षमा कति आयात?

झापा- नेपाली भान्सामा भारतीय तरकारीको निर्भरता कस्तो अवस्थामा रहेछ भनेर थाहा पाउन एक वर्षमा पूर्वीनाका काँकडभिट्टाबाट आयात भएको ताजा तरकारीको तथ्यांक हेरे पुग्छ।

आर्थिक वर्ष २०८०/८१ मा पूर्वीनाका भएर चार अर्ब ५६ करोड २३ लाख ८० हजार मूल्य बराबरको दुई लाख २८ हजार एक सय १९ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको छ। जसमध्ये एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार ११३ मेट्रिक टन गोलभेँडा आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार सोही अवधिमा ५७ करोड ५३ लाख ८० हजार मूल्य बराबरको २८ हजार ८६९ मेट्रिक टन करेला, ३० करोड सात लाख ८० हजार मूल्य बराबरको १५ हजार ३९ मेट्रिक टन भिन्डी, २९ करोड ५७ लाख ४० हजार मूल्य बराबरको १४ हजार ७८७ मेट्रिक टन हरियो खुर्सानी आयात भएको छ।

२९ करोड ३२ लाख ४० हजार मूल्य बराबरको १४ हजार ६६२ मेट्रिक टन स्कुस, २१ करोड १४ लाख ८० हजार मूल्य बराबरको १० हजार ५७४ मेट्रिक टन फर्सी र १५ करोड ६७ लाख २० हजार मूल्य बराबरको सात हजार ८३६ मेट्रिक टन बोडी भारतबाट आयात भएको छ।

तरकारी जस्तै फलफूलमा पनि भारतीय निर्भरता अत्यधिक छ। गत आव २०८०/८१ मा काँकडभिट्टा नाका भएर चार अर्ब ८७ करोड ६५ लाख १८ हजार मूल्य बराबरको ९८ हजार ३९४ मेट्रिक टन ताजा फलफूल भारतबाट आयात भएको छ।

यसैगरी दुई अर्ब ७७ करोड ३५ लाख ३६ हजार मूल्य बराबरको एक लाख १५ हजार ५६४ मेट्रिक टन आलु भारतबाट आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार सोही अवधिमा ९९ करोड ७८ लाख ४० हजार मूल्य बराबरको २४ हजार ९४६ मेट्रिक टन भुइँकटहर, ४२ करोड १५ लाख मूल्य बराबरको लसुन, ४५ करोड १६ लाख आठ हजार मूल्य बराबरको तरबुजा र ३३ करोड ५२ लाख मूल्य बराबरको ड्रागन फ्रुट भारतबाट भित्रिएको छ।

प्रकाशित: ११ साउन २०८१ ५:४८ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast