नसिव चौधरी मृत्यु प्रकरण : क्षतिपूर्ति दिने सहमतिपछि शान्त नोभा अस्पताल

हिमाल प्रेस १३ साउन २०८१ ६:५८ | Sunday, July 28, 2024
नसिव चौधरी मृत्यु प्रकरण : क्षतिपूर्ति दिने सहमतिपछि शान्त नोभा अस्पताल

काठमाडौँ- धनगढीको नोभा अस्पतालमा मृत्यु भएका नसिव चौधरीका परिवार र अस्पताल प्रशासनबीच पीडित परिवारलाई साढे १३ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । नोभा अस्पताल प्रशासन र पीडितका आफन्तबीच शनिबार बेलुका यस्तो सहमति भएपछि आफन्तले शव बुझेका हुन् ।

प्रहरीसँगको झडपमा घाइते भएका आफन्तहरूको उपचार अस्पतालले गर्ने सहमति पनि भएको छ। यस्तै पोष्टमार्टम गरेर घरसम्म शव पुर्‍याउन पनि अस्पतालले सहयोग गर्ने सहमति भएको मृतकका एक आफन्तले जानकारी दिए।

सहमतिपछि नोभा अस्पतालको वार्डमा दुई दिनदेखि राखिएको नसिवको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगिएको उनले बताए। अस्पताल तोडफोड हुन थालेपछि प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गर्दा पीडित पक्षका ३ जना घाइते भएका थिए।

साउन ८ गते धनगढीको नोभा अस्पतालमा भर्ना भएका बेलौरीका १७ वर्षीय नसिव चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो । उनी जन्डिसका बिरामी थिए ।

प्रकाशित: १३ साउन २०८१ ६:५८ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast