नयाँ समीकरणका विषयमा प्रचण्डलाई जानकारी दिन ओली बालुवाटारमा

हिमाल प्रेस १८ असार २०८१ ९:४३ | Tuesday, July 2, 2024
नयाँ समीकरणका विषयमा प्रचण्डलाई जानकारी दिन ओली बालुवाटारमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालुवाटारमा जारी भेटवार्ता। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेससँग नयाँ समझदारी बनेसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न सिंहदरबार पुगेका छन्।

उनले प्रचण्डलाई भेटेर नयाँ सहमतिबारे जानकारी दिने ओली निकट स्रोतले जानकारी दिएको छ। ‘उहाँ (ओली) जानुभएको सही हो। राजीनामा देऊ भन्न जानुभएको हो,’ बालकोट स्रोतले भन्यो।

यता प्रचण्ड भने नयाँ रणनीति बनाउन माओवादीका दोस्रो स्तरका नेतासँग परामर्शमा छन्। यसअघि प्रधानमन्त्री र अध्यक्ष ओलीबीच सोमबार पनि २ घण्टाभन्दा बढी छलफल भएको थियो।

नयाँ समझदारीअनुसार अब कांग्रेस–एमालेको सरकार बन्ने छ। सरकारलाई दिएको समर्थनसहित एमाले सरकार छाड्ने तयारीमा छ। यसबारे पनि ओलीले प्रचण्डलाई जानकारी दिने स्रोतको दाबी छ।

प्रकाशित: १८ असार २०८१ ९:४३ | Tuesday, July 2, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast