डीएसपीसहित ३१२ जना प्रहरीमाथि कारबाही

हिमाल प्रेस ८ साउन २०८१ १८:२१ | Tuesday, July 23, 2024
डीएसपीसहित ३१२ जना प्रहरीमाथि कारबाही प्रहरी

काठमाडौँ- नेपाल प्रहरीले प्रहरीकै मर्यादाविपरीत र अवाञ्छित क्रियाकलाप गर्ने प्रहरीका अधिकारीहरूमाथि कारबाही गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालयले गत आर्थिक वर्ष ०८०/८१ मा प्रहरी मर्यादा विपरीत र अवाञ्छित क्रियाकलाप गर्ने एक डीएसपीसहित ३१२ जना प्रहरीलाई कारबाही गरेको जनाएको हो।

विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयमा आयोजना गरिएको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रगति सार्वजनिकीकरण कार्यक्रममा यसबारे जानकारी गराइयो।

त्यस्तै गत आर्थिक वर्ष ०८०/८१ मा ९ हजार ३८७ वटा मुद्दा दर्ता भएको र बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ताको सङ्ख्या पछिल्लो वर्ष बढ्दै गएर १ हजार ४ वटा पुगेको तथ्यांक प्रस्तुत गरिएको थियो।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले सिटी सफारीका कारण शहर बजारमा देखिएको ट्राफिक अराजकता अन्त्यका लागि कार्ययोजना बनाएर अघि बढ्ने तयारी गरिएको बताए।

प्रकाशित: ८ साउन २०८१ १८:२१ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast