जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव।
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ। आइतबार बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो।
प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्विप जारी गरेको छ। प्रतिनिधिसभामा जसपा नेपालका पाँच सांसद छन्।
प्रकाशित: ६ साउन २०८१ १२:०६ | Sunday, July 21, 2024
प्रतिक्रिया




