जनताका निराशालाई आशामा परिणत गर्ने गरी काम गर्नुस् : खानेपानीमन्त्री यादव

हिमाल प्रेस ८ साउन २०८१ १९:३४ | Tuesday, July 23, 2024
जनताका निराशालाई आशामा परिणत गर्ने गरी काम गर्नुस् : खानेपानीमन्त्री यादव

काठमाडौँ- खानेपानी मन्त्री प्रदीप यादवले जनतामा सिर्जित निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिएका छन्।

मन्त्री यादवले आज (मंगलबार) काठमाडौँस्थित नेपाल खानेपानी संस्थान पुगेर संस्थानको खानेपानी वितरण प्रणालीलाई सुदृढ गर्दै जनताको निराशालाई आशामा परिणत गर्ने गरी काम गर्न निर्देशन दिएका हुन्। त्यसका लागि मन्त्रालय तयार रहेको समेत उनले बताए।

सोही क्रममा मन्त्री यादवले नेपाल खानेपानी संस्थानका गतिविधि, देशभर सञ्चालनमा रहेका कार्यालयको अवस्था, सञ्चालनमा रहेका परियोजना तथा कार्यक्रम र कार्यान्वयनका क्रममा आएका चुनौतीको जानकारी लिएका थिए।

मन्त्री यादवले मंगलबार नै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको मुख्य कार्यालयको भ्रमण पनि गरे।

प्रकाशित: ८ साउन २०८१ १९:३४ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast