घुससहित पक्राउ परेका कारागार प्रशासकविरूद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १६ साउन २०८१ १६:५८ | Wednesday, July 31, 2024
घुससहित पक्राउ परेका कारागार प्रशासकविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरूपयोग आयोगले घुससहित पक्राउ परेका नवलपरासी (बर्दघाट सुस्ता पश्चितम) कारागारका प्रशासक विनोदकुमार दत्त कर्णविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले कारागार प्रशासक कर्णविरूद्ध बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

नकबजनी चोरी मुद्दामा कैद भुक्तान गरिरहेका चौकीदारसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको टोलीले कर्णलाई नियन्त्रणमा लिएको थियो।

कैद भुक्तान गरिरहेका चौकीदारलाई चौकीदारबाट हटाउने, अरू कुनै सुविधान नदिने तथा कैदकट्टा मिनाहाका लागि सिफारिसमा असहयोग गर्ने भन्दै उनले घुस लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

कारागार प्रशासक कर्णले कैद भुक्तान गरिरहेका चौकीदारबाट पाँच हजार मूल्य पर्ने जुत्ता, १ लाख २६ हजार ४ सय पर्ने एलइडी टेलिभिजन उपहार स्वीकार गर्नुका साथै १ लाख ५० हजार रूपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन्।

उपहार र घुसवापतको रकम बिगो कायम गरी सोही अनुसारको जरिवाना तथा कैद सजाय मागदाबी लिई कर्णविरूद्ध मुद्दा दायर भएको अख्यिारले जनाएको छ।

प्रकाशित: १६ साउन २०८१ १६:५८ | Wednesday, July 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast