खेलकुद मन्त्रालयलाई उत्कृष्ट बनाउँछु : मन्त्री चौधरी

हिमाल प्रेस ३१ असार २०८१ १६:५२ | Monday, July 15, 2024
खेलकुद मन्त्रालयलाई उत्कृष्ट बनाउँछु : मन्त्री चौधरी

काठमाडौँ- नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएका छन्।

सोमबार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए। सबैले खेलाडीलाई प्रोत्साहन गर्न जरुरी रहेको उल्लेख गरे।

युवा तथा खेलकुदको प्रोत्साहनका लागि आफूहरू आएको बताए। केही अफ्ठ्यारो नभए डेढ वर्षसम्म मन्त्री बन्ने पनि उनको भनाइ थियो। खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरूमा जथाभावी लगानी गर्नेकुरा अब नहुने स्पष्ट पारे।

“हामीले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ, प्रोत्साहन गर्नुपर्छ। यहाँका युवाहरूलाई प्रोत्साहन गर्नका लागि हामी आएका हौँ। खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछौँ। हाम्रो अवधि केही अफ्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ। खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरूमा हामीले जथाभावी लगानी गरेको महशुस गरेका छौँ,” उनले भने।

मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताए।

प्रकाशित: ३१ असार २०८१ १६:५२ | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast