खुमलटार पुगे प्रचण्ड

हिमाल प्रेस २८ असार २०८१ १९:२२ | Friday, July 12, 2024
खुमलटार पुगे प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पुष्पकमल दाहाल प्रचण्ड निजी निवास खुमलटार पुगेका छन्। खुमलटारमा उनलाई स्वागत समेत गरिएको छ। संसदबाट उनी शीतल निवास पुगेका थिए। त्यसपछि सीधै खुमलटार पुगेका हुन्।

राष्ट्रपति कार्यालयले अर्को सरकार गठन नभएसम्मका लागि यही मन्त्रिपरिषद्ले काम गर्ने गरी जिम्मेवारी तोकेको छ। प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ६३ मत परेको थियो। विपक्षमा १९४ मत परेको छ।

विश्वासको मतका लागि भएको मतदानमा २५८ सांसद सहभागी थिए।

प्रकाशित: २८ असार २०८१ १९:२२ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast