कोशी सरकारबाट बाहिरिँदै माओवादी

हिमाल प्रेस ११ साउन २०८१ ११:०७ | Friday, July 26, 2024
कोशी सरकारबाट बाहिरिँदै माओवादी

इटहरी– माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। केन्द्रको गठबन्धन समीकरण परिवर्तन भएपछि पनि कोशीमा माओवादी सरकारमै छ। प्रदेशमा सरकार नछाडेको भनेर आलोचना हुन थालेपछि माओवादी मन्त्रीहरूले राजीनामा दिन लागेका हुन्।

राजीनामा दिनका लागि मुख्यमन्त्रीको समय पर्खिएर बसेको स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीले बताए। उनले भने, ‘सम्भवतः शुक्रबारै मुख्यमन्त्रीलाई राजीनामा दिनेछौँ।’

केन्द्रीय गठबन्धन अनुसार सरकार निर्माण गर्नुपर्ने दबाब मुख्यमन्त्री हिक्मत कार्कीमाथि परेको एमाले नेताहरू बताउँछन्। कार्की नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायणबहादुर मगर पर्यटन, वन तथा वातावरणमन्त्री छन्। यसैगरी वन्दना झागड राज्यमन्त्री छिन्।

मुख्यमन्त्री कार्की एमालेका हुन्। केन्द्रमा कांग्रेस–एमाले गठबन्धन बनेपछि प्रदेशमा पनि सोहीअनुसारको सरकार गठन हुनेछ।

प्रकाशित: ११ साउन २०८१ ११:०७ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast